भारतीय चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा’ शो पुनः सञ्चालनमा आउने भएको छ । कार्यक्रमका होस्ट तथा हास्य कलाकार कपिल शर्मा आफैले यस विषयमा जानकारी दिएका हुन् ।
कपिलले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन् । उनले नयाँ कलाकार र लेखकको बारेमा जानकारी गराउँदै शो मा यस पटक नयाँ अनुहारहरू देखिने बताएका हुन्।
कपिलले लेखेका छन्, ‘म सेलेक्सन भए अब तपाईंको पालो । लेखक र अभिनेता हुनुहुन्छ भने कपिल शर्मा शो को एक भाग बन्न सक्नुहुन्छ ।’
यस पटक भने केही नयाँ देखाउने योजना रहेता पनि शो को डेट भने फाइनल भएको छैन। सँगै शो को सेट पनि नयाँ तरिकाले निर्माण हुने छ ।
प्रतिक्रिया