चर्चामा प्रियंकाको रेष्टुरेन्टको टकीला–पानीपुरी !

शुक्रबार, १३ चैत्र २०७७, १७ : ५५

बलिउड नायिका प्रियंका चोपडाले हालै  रेष्टुरेन्ट खोलेकी छिन् । न्यूयोर्कमा खोलिएको यो रेष्टुरेन्ट निकै चर्चामा छ । प्रियंकाको यो रेष्टुरेन्टमा भारतीय खाना पस्किइन्छ । 

प्रियंकाको यो रेष्टुरेन्ट ‘सोना’ यतिखेर लोकप्रिय बन्दै गएको छ । यतिखेर सामाजिक सञ्जालमा प्रियंकाको रेष्टुरेन्टमा पुगेकी उनकी जेठानी डेनिएल जोन्सले  स्पेशल ड्रिङ्क्स पिइरहेको तस्बिर भाइरल बनेको छ । 

त्यस्तै त्यहाँ टकीला मिसाएको विशेष किसिमको  पानीपूरी पनि देखिएको छ  । केही दिनअघि प्रियंकाले रेस्टुराँको इनसाइड फोटो पनि शेयर गरेकी थिइन ।


 

शुक्रबार, १३ चैत्र २०७७, १७ : ५५

प्रतिक्रिया