काठमाडौं - राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदहरुका लागि भारी संख्यामा कर्मचारी माग गरेको छ । विभागले अनुसन्धान रिक्त रहेको अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना, सहायक सूचक ५१ गरि जम्मा १०४ जना कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका अनुसन्धान अधिकृतका लागि २१ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका, अनुसन्धान सहायक पदका लागि १८ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका र सहायक सुचक पदका लागि १८ वर्ष पुरा भई २५ वर्ष नानाघेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् ।
दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेभसाइटबाट भर्न सकिने छ । दरखास्त फारम चैत्र १३ गतेबाट बैशाख १२ गते अर्थात डबल दसतुर तिरेर बैशाख १९ गतेसम्म भर्न सकिने विभागले जनाएको छ ।
प्रतिक्रिया