काठमाडौं - वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेद बढ् रहेको बताइएको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन् ।
गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ।
वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्ध विच्छेद गर्ने क्रम सबैभन्दा बढी रहेको छ । वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गर्न चाहेको देखिएको बताइएको छ ।
साथै सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको पनि बताइएको छ ।
प्रतिक्रिया