भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।शनिवार सचिन आफैले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
कोरोना संक्रमण पुष्टि भएपछि सचिन आफ्नै घरको क्वारेन्टीनमा बसिरहेका छन् । उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएको बताइएको छ ।
यता केहि दिन अघि कोरोना खोप लगाएका अभिनेता परेस रावललाई पनि कोरोना सक्रमण पुष्टि भएको छ ।
रावलले शुक्रबारका आफ्नो ट्विटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु। विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला । ’
१८ दिन अघि परेश रावलले ९ मार्चका दिन भ्याक्सिनको पहिलो डोजको भ्याक्सिन लगाएका थिए।भारतमा दोस्रो लहरको कोरोना संक्रमण अति तीव्र रूपले फैलँदै गइरहेको छ। भारतमा कोरोना भाइरसका विभिन्न नयाँ भेरिएन्ट जस्तै ‘यूके भेरिएंट’ , ‘ब्राजीलियन भेरियन्ट’, ‘दक्षिण अफ्रीकी भेरियन्ट’ भित्रिसकेका छन् ।
यी भेरियन्टका विरुद्ध कोभिड भ्याक्सिन निष्प्रभावी रहेको समाचार आइसकेका छन् ।
प्रतिक्रिया