‘विक्रम वेधा’को  रिमेकमा सैफ अली र ऋतिक !

शनिबार, १४ चैत्र २०७७, १२ : २२

बलिउड अभिनेता ऋतिक रोशन  ‘विक्रम वेधा’को  रिमेकमा देखिने भएका छन् । भारतिय संञ्चारमाध्यमका अनुसार ऋतिक दक्षिण भारतीय हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी  रिमेकमा देखिने भएका हुन् । 

फिल्ममा ‘विक्रम’ अर्थात एक प्रहरी अधिकृतको भूमिकामा अभिनेता सैफ अली खान देखिनेछन् भने   ‘वेधा’ अर्थात ऋतिक एक ग्याङस्टारको भूमिकामा देखिने छन् । 

फिल्ममा पुष्कर र गायत्रीको निर्देशन रहनेछ।  ऋतिकले डिक्सन र फिल्ममा देखिने लुक्सको तयारी थालेका छन् ।

 ‘विक्रम वेधा’ सन् २०१७को चर्चीत साउथ मुभि रहेको छ । फिल्ममा आर.महादेवन, विजय सेतुपतिको मुख्य अभिनय रहेको थियो । 
 

शनिबार, १४ चैत्र २०७७, १२ : २२

प्रतिक्रिया