आज साउथ सुपरस्टार रामचरणको जन्मदिन  !

शनिबार, १४ चैत्र २०७७, १५ : ०१

साउथ इन्डीयन सुपरस्टार रामचरण तेजाको आज जन्मदिन रहेको छ । रामले  आज आफ्नो ३६ औं जन्मदिन मनाइरहेका छन् । २७ मार्च, १९८५ मा चेन्नईमा जन्मिएका रामचरणले सन् २००७ मा पुरी जगन्नाथको फिल्म ‘चिरुथा’ बाट फिल्म क्षेत्रमा प्रवेस गरेका थिए । 

हुन त स्टार किड रहेका रामलाई फिल्मी क्षेत्रमा प्रवेस गर्न गाह्रो थिएन । दक्षिण भारतका ९० को दशकका चर्चित अभिनेता चिरन्जिबीका छोरा रहेका रामले २००९ को फिल्म मगाधिरा बाट सर्बाधक चर्चा कमाएका थिए । 

 रामचरणले १४ जून, २०१२ मा अपोलो अस्पतालका एग्जीक्यूटिव चेयरम्यान प्रताप सी। रेड्डीकी नातिनी उपासना कमिनेनीसँग विवाह गरे । उनले सन् २०१६ मा आफ्नो प्रोडक्सन हाउस खोले जसको नाम ‘कोन्निडेला प्रोडक्सन कम्पनी’ हो ।

रामचरण हैदराबाद बेस्ड एयरलाइन ट्रू जेटका मालिक हुन् । यसबाहेक उनको ‘रामचरण हैदराबाद पोलो राइडिङ क्लब’ नामको पोलो टिम पनि छ । उनी ‘मा टिभी’का बोर्ड अफ डायरेक्टर्समा पनि समावेश छन् ।

रामको आउँदो फिल्म ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले निर्देशन गर्नेछन् । फिल्ममा रामचरण रामाराजूको भूमिकामा देखिनेछन् जसको फर्स्ट लुक अघिल्लो वर्ष उनको ३५ औं जन्मदिनमा सार्वजनिक गरिएको थियो । फिल्म ८ जनवरी सन् २०२१ मा रिलिज हुने निश्चित थियो तर कोरोनाका कारण फिल्म रिलिज हुन सकेन र अब यो यस वर्षको अन्त्यमा रिलिज हुने सम्भावना छ ।
 

शनिबार, १४ चैत्र २०७७, १५ : ०१

प्रतिक्रिया