काठमाडौं - कतार सरकारले रोजगारदाता कम्पनीबाट तलब नपाएका श्रमिकलाई रकम भुक्तानी गर्न थालेको छ । सरकारले कल्याणकारी कोषबाट रकम भुक्तानी गर्न थालेको हो ।
कामदारको तलब सुरक्षित गर्नका लागि कतारले कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको थियो । तलब नपाई स्वदेश फर्केका २४ जना श्रमिकलाई कल्याणकारी कोषबाट रकम भुक्तानी गरिसकिएको काठमाडौंस्थित कतारी दूतावासले जनाएको छ ।
यसभन्दा अगाडि तलब छाडेर स्वदेश फर्केका नेपाली श्रमिकले तलब पाउने गरेका थिएनन् । २४ जनाले पाउनुपर्ने तलब कोषबाट लिइसके र १० जनाको नाममा चेक काटिएको पनि बताइएको छ ।
साथै उनीहरु सँग सम्पर्क हुन नसकेकोले उनीहरुको सम्पर्क नम्बर दिलाइदिन नेपाल सरकारलाई अनुरोध गरिसकेको पनि कतारी दूतावासले जनाएको छ ।
प्रतिक्रिया