यस्तो बन्यो नवाजुद्दिन सिद्दीकी को पहिलो म्युजिक भिडियो  !

आइतबार, १५ चैत्र २०७७, १३ : ३६

भारतीय अभिनेता नवाजुद्दिन सिद्दीकीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सिद्दीकी लाई पहिलोपटक ''वारिस कि जाए'' गीतको म्युजिक भिडियोमा देखिएको हो । 

भारतीय गायक बि.प्राक को आवाज रहेको गीतमा  बि.प्राक कै संगीत रहेको छ । जानिको शब्द रहेको गीतको भिडियोलाई रनजित देवले कोरियाग्राफी गरेका छन् भने  पन्जाबका चर्चित निर्देशक अरविन्द्र खैराले भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा नवाजुद्दिन सुनन्दा शर्मासँग रोड साइड रोमियोको रुपमा देखिएका छन् ।

 

आइतबार, १५ चैत्र २०७७, १३ : ३६

प्रतिक्रिया