उत्कृष्ट अभिनेताको उपाधि स्वर्गीय  इरफान खानलाई  !

आइतबार, १५ चैत्र २०७७, १८ : २५

 ‘फिल्म फेयर अवार्ड’को  घोषणा भएको छ । बलिउडको चर्चित अवार्ड ६६ औ  ‘फिल्म फेयर अवार्ड’को  सनिवार घोषणा भएको हो । 

अवार्डमा उत्कृष्ट अभिनेतामा स्वर्गीय  इरफान खान र उत्कृष्ट अभिनेत्रीमा  तापसी पन्नु मनोनित भएका छन् । 

२०२०मा  प्रदर्शनमा आएको फिल्म थप्पडलाई बर्षको उत्कृष्ट फिल्मको घोषणा गरिदै तापसी पन्नु उत्कृष्ट अभिनेत्री बनेकी छिन् भने स्वर्गीय अभिनेता इरफान खानले अंग्रेजी मिडियम फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड  ‘तानाजी  द अनसङ वारियर’ बाट ओम राउतलाई दिईएको छ  भने ।त्यस्तै अमिताभ बच्चनलाई फिल्म गुलाबो सिताबोबाट उत्कृष्ट अभिनेता क्रिटिक्सको अवार्ड दिइएको छ ।
टप–टेनमा कस्ले कुन बिधामा अवार्ड जिते 
१० उत्कृष्ट फिल्म –थप्पड 
२० उत्कृष्ट निर्देशक–ओम राउत (तान्हाजी)
३० उत्कृष्ट फिल्म क्रिटिक्स- प्रतीक भाट्स
४० उत्कृष्ट अभिनेता- इरफान (अंग्रेजी मिडियम)
५० उत्कृष्ट अभिनेता क्रिटिक्स-अमिताब बच्चन (गुलाबो सिताबो)
६० उत्कृष्ट अभिनेत्री- तापसी पन्नु(थप्पड)
७० उत्कृष्ट अभिनेत्री क्रिटिक्स- तिलोत्तमा शोम (सर)
८० उत्कृष्ट सपोर्टिंग अभिनेता- सैफ अली खान (तान्हाजी)
९० उत्कृष्ट सपोर्टिंग अभिनेत्री-फारोख जाफर (गुलाबो सीताबो)
१०० उत्कृष्ट कथा-थप्पड (अनुभव सुशिला सिन्हारमरुन्मायी)
११० बेस्ट डेभ्यु निर्देशक-राजेश कृष्ण (लूटकेस)
१२० बेस्ट डेभ्यु अभिनेत्री-अलिया एफ (जवानी जानेमन)
१३० बेस्ट म्युजिक एल्बम- प्रितम (लुडो)
१४० बेस्ट गीत - गुल्जार (छपक)
१५० बेस्ट गायक-राघव चैतन्य ( थप्पड)
१६० बेस्ट गायिका-असीस कौर (मलंग)
१७० लाइफ टाइम एचिभमेन्ट अवार्ड- इरफान

आइतबार, १५ चैत्र २०७७, १८ : २५

प्रतिक्रिया