एजेन्सी - बलिउड लोकप्रिय चलचित्र 'रहना है तेरे दिल मे'को सिक्वेल बन्ने भएको छ । उक्त चलचित्र सन् २००१ मा रिलिज भएको थियो ।
यस चलचित्रमा आर माधवन र दीया मिर्जाको मुख्य भूमिका रहेको थियो । त्यस समयमा पनि यस चलचित्र निकै चर्चित बनेको थियो ।
दर्शकहरूले अब यस चलचित्रको सिक्वेल फेरी हेर्न पाउने भएका हुन् । सिक्वेलको मूख्य भूमिकामा विक्की कौशल र कृति सेनन देखिने भएका छन् ।
एक रिपोर्टस्का अनुसार, विक्की र कृतिबीच अहिले चलचित्रलाई लिएर विभिन्न छलफलहरू भइरहेको छ ।
चलचित्रको २०२२ को अन्त्यमा काम शुरू गरिने बताइएको छ । चलचित्रलाई रवि उदयकरले निर्देशन गर्नेछन् ।
प्रतिक्रिया