सामाजिक सुरक्षा कोषमा १ लाख ९४ हजार श्रमिक सूचीकृत, कुन प्रदेशबाट कति ?

सोमबार, १६ चैत्र २०७७, १७ : ००

काठमाडौं- सामाजिक सुरक्षा कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ४५ हजार ४५२,  प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७९५, गण्डकीबाट सात हजार १५४, लुम्बिनीबाट छ हजार ८३९, सुदूरपश्चिमबाट ७७५ र कर्णालीबाट ४७० योगदानकर्ता सूचीकृत भएका छन् । 

कोषमा आवद्ध हुने रोजगारदाताको सङ्ख्या १३ हजार ६१६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका नौ हजार १००, प्रदेश नं १ का एक हजार ८६०, लुम्बिनीका एक हजार १८०, प्रदेश नं २ का ५५०, गण्डकीका ६१७,  कर्णालीका १४३ र सुदूरपश्चिमका १६६ छन् ।

सोमबार, १६ चैत्र २०७७, १७ : ००

प्रतिक्रिया