काठमाडौं, कतारको एक कम्पनीले पुरुष कामदारको माग गरेको छ । दोहास्थित एप्पारिल कतार डब्लु एल एल नामक एक कम्पनी ३४ जना पुरुष कामदारको माग गरेको छ ।
कम्पनीले विभिन्न पदमा गरि ३४ जना कामदारको माग गरेको हो ।
कम्पनीका अनुसार कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले खान बस्न सुविधासहित ३१ हजार देखि ७९ हजार माथि तलब पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले वास्तु म्यानेजमेन्ट सर्भिसेज प्रालि सिनामंगल काठमाडौंमा चैत्र २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया