'रामसेतु' फ्लोरमा, अक्षयको फस्ट लुक सार्वजनिक !

मंगलबार, १७ चैत्र २०७७, १३ : ०५

बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय  फिल्म रामसेतुको तयारीमा रहेका छन् । भारतीय संञ्चारमाध्यका अनुसार अक्षयको नँया फिल्म रामसेतु आजबाट फ्लोरमा गएको छ । 

 फिल्मको शुटिंग अयोध्या र  उत्तर प्रदेशका विभिन्न स्थानमा गरिने बताइएको छ । शुंटिंगको पहिलो दिन अक्षयले सामाजिक सञ्जालमा आफ्नो नयाँ लुक समेत सार्वजनिक गरेका छन् ।  अभिषेक शर्माको निर्देशन रहने फिल्मलाई चन्द्र प्रकाशले निमार्ण रहेको छ । 

फिल्म अक्षय सँगै अभिनेत्री ज्याकलीन फर्नान्डीज र नुशरत भरुचाको मुख्य अभिनय रहने छ । फिल्म २०२२ मा रिलिज हुनेछ । 

मंगलबार, १७ चैत्र २०७७, १३ : ०५

प्रतिक्रिया