प्रभासले किने लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर कार, कति छ मुल्य ?

मंगलबार, १७ चैत्र २०७७, १५ : ३८

साउथ सुपरस्टार प्रभास बेला बेलामा चर्चामा आउने गर्दछन् । प्रायः आफ्नो लाइफ स्टाइलका कारण चर्चामा आउने प्रभास पछिल्लो समय महङ्गो कारका कारण चर्चामा रहेका छन् । 

 प्रभास कारको सौखिन रहेका छन् । उनको ग्यारेजमा कयौं महँगो गाडीको कलेक्सन रहेको छ ।
प्रभासले हालै लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर कार किनेका छन्। जसको मुल्य  ६ करोड रहेको छ । प्रभासले उनका बुबा सृर्यनारायण राजुको जन्मदीनको अवसरमा उक्त कार किनेका हुन् । 

प्रभासको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्यान्टम, ५० लाखको बीएमडब्यु एक्स ३, ४ करोडको रेन्ज रोवर र ३० लाखको सेडान कार स्कोडा सुपर्व समेत सामेल रहेको छ ।

प्रभासले फिल्म ‘राधे श्याम’को सुटिङ सकेर ‘आदि पुरुष’ र ‘सलार’को सुटिङ्मा व्यस्त रहेका छन् । 

मंगलबार, १७ चैत्र २०७७, १५ : ३८

प्रतिक्रिया