भारतिय अभिनेत्री फातिमा सना शेखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।फातिमाले आफु कोरोना संक्रमित भएको इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद । सुरक्षित रहनुहोस् साथीहरु ।’
‘दंगल गर्ल’का रुपमा चिनिएकी फतिमा पछिल्लो समय फिल्म ‘लुडो’ मा देखिएकी थिइन् ।
भारतिय संञ्चारमाध्यमका अनुसार फतिमा अहिले अभिनेता अनिल कपुरसँग एक फिल्मको सुटिङमा ब्यस्त रहेकी छिन् ।
प्रतिक्रिया