शून्य लागतमा कतारले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब कति ?

बुधबार, १८ चैत्र २०७७, ०९ : २५

काठमाडौं - कतारको दोहा सहरमा रहेको हमाद बिन खालिद कन्ट्राक्टिङ कम्पनीले शून्य लागतमा भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । 

कम्पनीले लिपिकका लागि एक जना महिला, सेफ्टी एण्ड हेल्थ टेक्निसियनका लागि ५ जना पुरुष, मासोनका लागि ५० जना पुरुष, कार्पेन्टरका लागि २० जना पुरुष, ड्राइभरका लागि १० जना, टेक्निसियनका लागि २५ जना पुरुष र लेबरका लागि १५० जना पुरुष गरि जम्मा २६१ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३० हजार माथि देखि ४४ हजार माथि सम्म पाउने छन् । 
कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले साउण्लाईनस रिक्रुटमेन्ट प्रालिको कार्यालय महालक्ष्मीस्थानमा चैत्र २५ र २६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

बुधबार, १८ चैत्र २०७७, ०९ : २५

प्रतिक्रिया