एजेन्सी – धेरै जसो बलिउड कलाकारहरू धेरै पारिश्रमिक लिने गर्दछन् । उनीहरूको माग अनुसार चार्चा साथै लोकप्रिय पनि उत्तिकै कमाएका हुन्छन् । साथै माग अनुसारको पारिश्रमिक पाउने भएपछि मात्रै कलाकारहरू चलचित्रमा काम गर्छन् ।
तर, कलाकारहरूले बढी पारिश्रमिक माग गरेकै कारण राम्रा राम्रा चलचित्र पनि गुमाउने गर्छन् । कलाकारहरूले धरै पारिश्रमिक माग गरे पछि निर्माता तथा निर्देशकहरु अन्य कलाकार खोज्न बाध्य हुन्छन् । यस्तै धेरै पारिश्रमिक माग गरेका कारण चलचित्रमा नअटाइएका कलाकारहरू शाहरुख खान देखि करिना कपुर सम्म रहेका छन् ।
शाहरुख खान
शाहरुख खान बलिउडकै सबै भन्दा महँगा कलाकारमा पर्ने गर्छन् । विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार शाहरुखलाई चलचित्र ‘पद्मावत’का लागि अफर गरिएको थियो । तर उनले त्यसका लागि ९० करोड भारतीय रुपैयाँ माग गरेका थिए । जस कारण उनलाई चलचित्रमा लिन सकिएको थिएन । उनको सट्टामा रणवीर सिंहलाई लिइएको हो। यो चलचित्र बलिउडको एक सुपर हिट चलचित्र हो ।
करीना कपूर
करीना कपूर बलिउडकी लोकप्रिय नायिकामा पर्छिन् । उनले अहिले सम्म कयौं हिट चलचित्र दिइसकेकि छिन् । कुनै एक समयमा करीना सबै भन्दा धेरै चल्तीकी नायिकाको रुपमा स्थापित भएकी थिइन् । त्यस समयमा करीनाले धेरै महँगोमा अभिनय गर्ने गर्थिन् । चलचित्र ‘कल हो ना हो’ को लागि करीनालाई अफर गरिएको थियो । तर उनले शाहरुख खान जतिनै पारिश्रमिक चाहिन्छ भने पछि निर्माताले उनको सट्टामा चलचित्रका लागि प्रीति जिन्टालाई लिएका थिए । यो चलचित्र पनि धेरै हिट भएको थियो ।
सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हाले डेब्यु चलचित्रमै सलमान खानसँग काम गर्ने मौका पाएकी थिइन् । डेब्यु चलचित्र ‘दबंग’ले १०० करोड भन्दा बढी कमाई गरेपछि सोनाक्षीले धेरै चलचित्रको अफर पनि पाइन् । जस क्रममा उनलाई चलचित्र ‘किक’को लागि प्रस्ताव गरिएको थियो । तर उनले महँगो पारिश्रमिक माग गरेपछि उनको सट्टामा ज्याक्लिन फर्नान्डेजलाई लिइयो ।
नवाजुद्दीन सिद्दकी
नवाजुद्दीन सिद्दकी पनि महँगो पारिश्रमिक माग गरेकै कारण एक चलचित्रमा लिन सकिएको थिएन् । चलचित्र जोली एलएलबी २ का लागि साढे ३ करोड भारतीय रुपैयाँ माग गरेकै कारण नवाजुद्दीनलाई चलचित्रमा नलिइएको हो ।
प्रतिक्रिया