पञ्जावी गायक दिलजानको मृत्यु भएको छ । ३१ वर्षीय दिलजानको आफैँले चलाएको कार अनियन्त्रित भइ दुर्घटना हुदा मृत्यु भएको हो।
भारतिय संञ्चारमाध्यमका अनुसार पार्किङ गरिराखेको ट्रकसँग उनको कार ठोक्किएर दुर्घटना भएको थियो । उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको हो।
सन् २०१२ मा संगीत रियालिटी शो ‘सुर क्षेत्र’बाट चर्चामा आएका दिलजान ले उक्त रियालिटी शो मा दोस्रो स्थान हासिल गरेका थिए । उनले केहि भजन र अन्य गीत हरु गाएका छन् दिलजानको मृत्युपछि पञ्जावका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया