‘डान्स दीवाने ३’ का १८ सदस्यमा कोरोना पुष्टि !

बुधबार, १८ चैत्र २०७७, १३ : ३१

भारतिय चर्चित डान्स रियालिटी शो ‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना संक्रमित भएका छन् । १८ सदस्य मा कोरोना संक्रमण पुष्टि भएको जानकारी फिल्म उद्योग कर्मचारी संघले दिएको हो ।

‘डान्स दीवाने ३’ शो प्रसार हुने टेलिभिजन ‘कलर्स’ च्यानलका प्रवक्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टीमका केही सदस्यमा कोरोना संक्रमित पाइएका छ ।’
फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइज (एफवडब्ल्युआईसीई) का महासचिव अशोक दुबेले शोका १८ सदस्य कोरोना संक्रमित भएको बताएका छन् ।

‘दुई दिन पहिले शोका १८ सदस्यमा कारोना संक्रमित भेटिएको थियो’ दुबेले भने ‘उनीहरु घरमा रहेका छन् । उनीहरुको साटो दोस्रो ब्यक्ति काममा राखिएको छ ।’ 

 शो को अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालियाले जर्ज गरिरहेका छन् भने शोको होष्ट राधव जुयालले गरिरहेका छन् ।  दुबेका अनुसार माधुरी, धर्मेश र तुषार भने ठिक रहेको बताएका छन् ।

बुधबार, १८ चैत्र २०७७, १३ : ३१

प्रतिक्रिया