जब फेयर २०२१ सुरु

बुधबार, १८ चैत्र २०७७, १४ : ०३

काठमाडों - आस्कमी म्यानेजमेन्टले जब फेयर २०२१ सुरु गरेको छ । म्यानेजमेन्टले यहि मार्च ३१ देखि एप्रिल २ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो । 

आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएस रहेको छ ।

भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशिया बैंक छन् । 

फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् ।

त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागि हुँदै छन् । 

बुधबार, १८ चैत्र २०७७, १४ : ०३

प्रतिक्रिया