बहराइनमा खाने बस्ने सुविधा सहित रोजगारीको अवसर, मासिक तलब कति ?

बुधबार, १८ चैत्र २०७७, १८ : १३

काठमाडौं- बहराइनको एक कम्पनीले खाने बस्ने सुविधा सहित पुरुष कामदारको माग गरेको छ । मानर ए.एल ओमरान स्क्रयाफ फोल्डिङ कन्ट्रायाक्टिङ कम्पनीले ७९ जना पुरुष कामदारको माग गरेको छ ।

कम्पनीका अनुसार कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले खान बस्न सुविधासहित ३८ हजार बढी मासिक तलब पाउने छन् ।  कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले वास्तु म्यानेजमेन्ट सर्भिसेज प्रालि सिनामंगल काठमाडौंमा चैत्र २३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च  कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क,  भिसा स्ट्याम्पीङ शुल्कर हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

जान चाहने इच्छुक व्यक्तिहरुले बज्र ह्युमेन रिसोर्सेज प्रा.लि.को कार्यालय धोवीघाट,नयाँबाटो ललितपुरमा चैत २५ र २६ गते अन्तरवार्ता दिन सक्नेछन् ।

बुधबार, १८ चैत्र २०७७, १८ : १३

प्रतिक्रिया