बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई “ब्लड क्यान्सर” भएको छ । उनी मल्टिपल माइलोमाबाट पीडित भएकी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् । सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिइन् ।
सूदले भने, “अघिल्लो वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।”
यस्तै बलिउडका चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् ।
‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले अगाडि भनेकी छन् ‘उनी अहिले ब्रीच क्यान्डी अस्पतालमा डाक्टरको निगरानीमा रहेका छन् । उनी छिट्टै निको भएर घर फर्किनेछन् । शुभकामना र सुभेच्क्षाका लागि धन्यवाद ।’
बलिउडमा रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खानलगायत थुप्रै स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।
गीतसंगीतको कुरा गर्ने हो भने बप्पीले निकै सुपरहिट गीत दिएका छन् । जसमा ‘सुपर डान्सर’, ‘बम्बे से आया मेरा दोस्त’, ‘ऐसे जीना भी क्या जीना है’, ‘प्यार चाहिए मुझे जीने के लिए’, ‘रात बाकी’, ‘यार बिना चैन कहाँ रे’ लगायत रहका छन् ।
प्रतिक्रिया