बलिउड फिल्म ‘रेन्बो’बाट अभिनेता टाइगर श्राफ बाहिरिएका छन् । छायांकनका लागि समय दिन नसकेपछि टाइगर फिल्म बाट बाहिरिएका हुन् ।
भारतीय संञ्चारमाध्यमका अनुसार धेरै फिल्ममा साईन गरेका टाइगरले समय व्यवस्थापन गर्न नसक्दा फिल्म छाड्नुपरेको हो । अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् भने छिट्टै ‘बागी ४’ र ‘हिरोपन्ती २’ मा पनि देखिँदैछन् ।
टाइगर आउट भएसँगै फिल्ममा साउथ सुपरस्टार प्रभासको इन्ट्री भएको छ । सिद्धार्थ आनन्दको निर्देशन रहेको ‘रेन्बो’मा टाइगरको ठाउँमा प्रभासलाई रिप्लेस गर्न लागिएको भारतीय संञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय प्रभास ‘राधेश्याम’को सुटिङ्मा ब्यस्त रहेका छन् । यो सँगै प्रभास ‘आदिपुरुष’मा भगवान रामको भूमिकामा देखिने तयारीमा रहेका छन् ।
प्रतिक्रिया