हेरा फेरी–३ को काम सुरु, स्क्रिप्ट र कास्ट रेडी !

विहीबार, १९ चैत्र २०७७, १९ : १६

बलिउडको सर्वाधिक सफल कमेडि फिल्म हेराफेरी रिलिजको २१  वर्ष पूरा गरेको छ । । यस्तैमा  हेराफेरी–३ को चर्चा समेत सुरु भएको छ । भारतीय संञ्चारमाध्यमका अनुसार हेराफेरी–३ को निमाणं कार्य  सुरु हुने तयारीमा रहेको छ । 

हेरा फेरीका निर्माता फिरोज नाडियाडवालाले हेरा फेरी थ्रीमाथि काम सुरु भइसकेको बताएका छन् । फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको छ र निकै चाँडै सुटिङ पनि सुरु हुने उनले जानकारी दिए । एक न्यूज पोर्टलसँगको कुराकानीमा भने, ‘हेरा फेरी थ्रीको कहानी त्यहिबाट सुरु हुने जहाँ हेरा फेरी समाप्त भएको थियो । यस्तोमा दर्शकलाई कनेक्ट गर्न समस्या हुनेछैन । ’

यसका साथै फिरोजले आफू हेरा फेरी थ्रीमा नै नरोकिने बताएका छन् । उनी अब यो फ्रेन्चाइजलाई थप ठूलो बनाउने तयारीमा छन् ।

फिल्मको स्टार कास्टको विषयमा परेश रावल र सुनिल शेट्टीले पुनः धमाका मच्चाउने बताइएको छ तर अक्षय कुमारको विषयमा अझै सटिक जानकारी आइसकेको छैन । उनी फिल्मको हिस्सा होलान् नहोलान् यो स्पष्ट छैन । हुन त हेरा फेरी थ्रीमा सुरुमा जोन अब्राहम र अभिषेक बच्चनलाई ल्याउने तयारी थियो तर केही समयपछि यो सम्भव भएन । अब फिल्मको औपचारिक घोषणा प्रतीक्षा गरिँदैछ ।

 

विहीबार, १९ चैत्र २०७७, १९ : १६

प्रतिक्रिया