एजेन्सी - फेरी कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेको छ । अहिले हरेक दिन कोरोनाको नयाँ रेकर्डका केसहरू आउँन थालेका छन् ।
यसको चपेटामा अहिले धेरै बलिउड कलाकारहरू परेका छन् । कार्तिक आर्यन, रणबीर कपूर, मनोज बाजपेयी, आमिर खान र तारा सुतारिया पछि आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छिन् ।
यो जानकारी आलिया भट्ट आफैँले एक इन्स्टाग्रामको माध्यमबाट दिएकी छिन् । बिहीबार राति आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको उनले उल्लेख गरेकी छिन् ।
आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उनले बताएकी छिन् ।
प्रतिक्रिया