साइप्रसको एक कम्पनीले माग्यो २० नेपाली महिला कामदार, तलब कति ?

शुक्रबार, २० चैत्र २०७७, १० : ३१

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली महिला कामदारको माग गरेको छ । पापहोस सहरमा रहेको पिएम सिवाइ इम्प्लोइमेन्ट कम्पनीले डेमोस्ट्रीक वर्करका लागि २० नेपाली महिला कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ४२ हजार माथि पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले मिराकल म्यानपावर प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा चैत्र २७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शुक्रबार, २० चैत्र २०७७, १० : ३१

प्रतिक्रिया