‘बाहुबली’लाई पछि पार्दै ९ सय करोडमा बिक्यो ‘आरआरआर’

शुक्रबार, २० चैत्र २०७७, ११ : ४३

काठमाडौं- दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’ले  प्री-रिलिज बिजनेसको मामलामा ‘बाहुबली’लाई पछि पारेको छ । राजामौलीकै फिल्म ‘बाहुबली २’ले रिलिज अघि करिब ६ सय करोड रुपैंयाँको अल टाइम रेकर्ड बिजनेस बनाएको थियो ।

यो फिल्म नर्थ इण्डियन राइट्स नयाँ रेकर्ड मूल्यमा विक्री भएको छ ।

यो फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले १ सय ४० करोडमा किनेको छ । यो डिलसँगै ‘आरआरआर’को टोटल प्री–रिलिज व्यापा (फिल्म रिलिज हुनुअघिको व्यापार) ९ सय करोडमा पुगेको छ ।

विश्वभर ‘आरआरआर’को थिएट्रिकल राइटस ५ सय ७० करोडमा बिक्री भएको छ । फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, सेटलाइट र डिजिटल राइट्स ८ सय ९० रुपैंयाँमा बिक्री भएको छ ।

फिल्ममा जुनियर एनटीआर, राम चरण तेजा, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

शुक्रबार, २० चैत्र २०७७, ११ : ४३

प्रतिक्रिया