काठमाडौं- ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ । राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’
फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ । फिल्मको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ ।
फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ । यसमा थिएटर, इलेक्ट्रनिक, सेटेलाइट, डिजिटलसँगै अब्रोड मार्केटको पनि राइट्स सामेल छ । ।
प्रतिक्रिया