संसारकै सबैभन्दा महँगो कारका धनी अजय सँग कति छ त कुल सम्पत्ति ?

शनिबार, २१ चैत्र २०७७, ०९ : ५५

एजेन्सी -  बलिउडका लोकप्रिय अनि धनी अभिनेता मध्ये एक हुन् अजय देवगन । 

सन् १९९१ मा चलचित्र 'फूल और काटे' बाट अजयले बलिउडमा डेब्यु गरेका हुन् । पछिल्लो ३० वर्षमा अजय देवगनले बलिउड चलचित्र उद्योगलाई अरबौँ रुपैयाँको कारोबार गरिदिएका छन् । 

उनी एक अभिनेता मात्र नभएर सफल निर्माता पनि हुन् । अजय देवगनसँग २६० करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको छ । २०१८ मा उनको वार्षिक आय ३२ करोड थियो । 

अजय देवगनले दुई वर्षमा १ सय करोडभन्दा बढी कमाई गर्ने फिल्महरू दिएका छन् । जसमा रेड , गोलमाल अगेन, टोटल धमाल, तानाजी जस्ता फिल्महरू छन् ।

टोटल धमालमा अजय देवगन आफैले लगानी गरेका थिए । उनी एक फिल्मका लागि २२ करोड बढी शुल्क लिन्छन् । साथै उनी एउटा विज्ञापनको ५ करोड रुपैयाँ लिन्छन् । अजयले यसअघि ६ करोडको आयकर तिरेका थिए ।

अजय देवगन सँग हाल यस कारको मूल्य पौने दुई करोड भारतीय रुपैयाँ रहेको छ । यस बाहेक उनीहरूसँग रेन्ज रोभर छ । जसको मूल्य दुई करोड रुपैयाँ भन्दा बढी छ ।

अजयको मुम्बई मात्र होइन विश्वको सबभन्दा महँगो आवासीय सहर लन्डनमा पनि घर छ । जसको मूल्य ६० करोड छ । उनीसँग मुम्बईमा दुई घरहरू छन् । उनको जुहूमा एउटा अपार्टमेन्ट छ भने अर्को घर मालगारी रोडमा छ । दुवै घरको लागत करिब २५ करोड छ ।

अजय देवगनको आफ्नै निजी जेट छ । जसको मूल्य करिब १ सय करोड छ। यस निजी जेटको नाम होकर ८ सय  हो । अजय देवगन फिल्म्स नामको उनको आफ्नै 'प्रोडक्शन हाउस' छ । 

अजय देवगन फिल्म्स 'प्रोडक्शन हाउस' को मूल्य १ सय करोड भन्दा बढी छ । 
 

शनिबार, २१ चैत्र २०७७, ०९ : ५५

प्रतिक्रिया