कतारको एक कम्पनीले आकर्षक तलबमा माग्यो नेपाली कामदार, यस्तो छ सेवासुविधा

शनिबार, २१ चैत्र २०७७, १० : ३६

काठमाडौं - कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । 

दोहा सहरमा रहेको अल साइब ट्रेडिङ कन्ट्राक्टिङ सर्भिस कम्पनीले ट्रक ड्राइभरका लागि ५ जना, ट्रेन्च जिङगर ओपेरका लागि १ जना र मेकानिकका लागि २ जना गरि जम्मा ८ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ६४ हजार माथि देखि ७० हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले मोभिरा रिक्रुटमेन्ट कन्सलटेन्सी सर्भिस प्रालिको कार्यालयमा चैत्र २७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शनिबार, २१ चैत्र २०७७, १० : ३६

प्रतिक्रिया