कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको अल सेल कन्ट्राक्टीङ एण्ड ट्रेडिङ कम्पनीले लेवरका लागि १२० नेपाली पुरुष कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३२ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा चैत्र २६ गने अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया