एजेन्सी - अभिनेता तथा निर्माता अजय देवगनको प्रोडक्सन हाउसका १२ जनाविरुद्ध उजुरी दर्ता भएको छ ।
कोरोना भाइरस संक्रमण न्युनिकरण नियमको उल्लंघन गरेको आरोपमा मानिकपुर प्रहरी चौकीमा उनीहरुविरुद्ध उजुरी दर्ता भएको हो ।
उनीहरुमाथि चलचित्र ‘मेडे’को छायांकनको क्रममा मास्क नलगाएको, भौतिक दूरी कायम नगरेको आरोप लागेको छ ।
तर चलचित्र निर्माण पक्षले भने आफ्ना कुनै पनि सदस्यविरुद्ध उजुरी दर्ता नभएको दाबी गरेको छ ।
प्रतिक्रिया