साउदीको एक कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ सेवासुविधा !

शनिबार, २१ चैत्र २०७७, २० : ४५

काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । 

साउदी सहरमा रहेको युनाइटेड म्यासन कम्पनीले रेस्टुरेन्ट वर्करका लागि ५० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ३१ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले म्याच इन्टरनेसनल मेनपावर प्रालिको कार्यालयमा चैत्र २६ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शनिबार, २१ चैत्र २०७७, २० : ४५

प्रतिक्रिया