शून्य लागतमा अफगानिस्तानको एक कम्पनीले माग्यो २५० नेपाली कामदार, तलब कति ?

आइतबार, २२ चैत्र २०७७, ०८ : ३४

काठमाडौं - अफगानिस्तानको एक कम्पनीले शून्य लागतमा भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । गार्ड वल्र्ड फेडर्ल सर्भिस कम्पनीले २५० नेपाली एक्स ब्रिटिस आर्मीको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित १ लाख १६ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि १ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले एफ एस आई वल्र्डवाइड नेपाल प्रालिको कार्यालय कुसुन्ती ५ ललितपुरमा चैत्र २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
 
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आइतबार, २२ चैत्र २०७७, ०८ : ३४

प्रतिक्रिया