कर्मा र लक्ष्मीलाई पहिलो पटक एकसाथ देखिदै

आइतबार, २२ चैत्र २०७७, ११ : ५३

काठमाडौं - चलचित्र ‘अनन्त’ मा नायक कर्मा र नायिका लक्ष्मी बर्देवालाई देखिने भएको छ । चलचित्रको मुख्य भूमिकामा उनीहरुलाई देखिने भएको हो । 

यी दुई कलाकारले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् । चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ । चलचित्रको छायांकन भक्तपुरबाट सुरु गरिएको हो । 

टाइम ट्राभल लभस्टोरी विधाको यो चलचित्रलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । २० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको बताइएको छ । 

चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । चलचित्रमा बबिन दुलालको छायांकन, नव विजय श्रेष्ठको लगानी रहनेछ । 

उनलाई निर्माणमा सह–निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत चलचित्रका सहायक निर्माता हुन् । 

रेमन मल्ल र सल्लेन सुवाल यो चलचित्रमा लाइन प्रोड्युसरको भूमिकामा छन् ।

आइतबार, २२ चैत्र २०७७, ११ : ५३

प्रतिक्रिया