साइप्रसको एक कम्पनीले माग्यो नेपाली महिला कामदार, यस्तो छ तलब र सेवासुविधा

आइतबार, २२ चैत्र २०७७, १४ : ३१

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली महिला कामदारको माग गरेको छ । क्यारीसो युखान प्राइभेट लेबर अफिसमा डेमोस्ट्रिक वर्करका लागि ८ जना नेपाली महिला कामदारको माग गरेको हो ।  

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ३० हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले डेस्टिनी हुमन रिसर्च नेपाल प्रालिको कार्यालयमा चैत्र २८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आइतबार, २२ चैत्र २०७७, १४ : ३१

प्रतिक्रिया