भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीब्र गतिमा बढिरहेको छ। प्रायः बलिउड कलाकारमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको । पछिल्लो केहि दिनमा बलिउडका चर्चित कलाकार आमिर खान, आ.र महादेवन,अक्षय कुमार, रणविर कपुर, आलीया भट्ट, आदित्य नारायण, श्वेता अग्रवाल लगायतलाई कोरोना संक्रमण देखिएको छ ।
यस्तैमा आज बलिउड अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाकी श्रीमती सुनितालाई केही हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो तर सुनिताला संक्रमणमुक्त भइसकेकी छीन्।
कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। संक्रमणपछि आफू क्वारेन्टिनमा रहेको उनले जानकारी गराएका छन्।
प्रतिक्रिया