दुबाईको एक कम्पनीले माग्यो ६५ नेपाली सेक्युरिटी गार्ड, तलब कति ?

२ बर्ष अगाडि

काठमाडौं - दुबाईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । 

एम वि के सेक्युरिटी सर्भिस कम्पनीले सेक्युरिटी गार्डका लागि ४७ पुरुष र १८ महिला गरि जम्मा ६५ नेपाली कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ट३ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले युरो एसिया एच आर सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा चैत्र २५ र २६ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया