शून्य लागतमा जोर्डनको दुई कम्पनीले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, यस्तो छ सेवासुविधा

३ बर्ष अगाडि

काठमाडौं - जोर्डनको दुई कम्पनीले शून्य लागतमा भारी सङ्ख्यामा नेपाली महिला कामदारको माग गरेको छ । 

जोर्डन सहरमा रहेको न्यु भिजन फर रिक्रुटिङ वर्कस कम्पनी र अल बशा फर रिक्रुटिङ एण्ड हिरिङ नोन जोडार्नियन वर्कस कम्पनीमा हाउस माइन्ड र अफिस सेक्यूरिटिका लागि १०१ नेपाली महिला कामदारको माग गरिएको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३५ हजार माथि देखि ४६ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ । खान बस्न सहित तालिम निशुल्क हुने छ । 

इच्छुक कामदारले भैरव ईन्टरनेशनल सर्भिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा चैत्र ३० गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क  रोजगारदाताले बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया