एकपछि अर्को गर्दै कोरोना चपेटामा बलिउड कलाकार, अभिनेत्री भूमिलाई पनि कोरोना संक्रमण

सोमबार, २३ चैत्र २०७७, १३ : २१

काठमाडौँ - बलिवुड अभिनेत्री भूमि पेडनेकरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

अभिनेत्री भूमिले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परिक्षण पोजेटिभ देखिएको जानकारी दिदै आफुलाई सामान्य लक्षण रहेको बताएकी छन् । 

अभिनेत्री भूमिले आफुले डाक्टरको सल्लाह अनुसार आफुलाई घरमै आइसोलेट गरेको जानकारी दिएकी छन् । 

हालै मात्र अभिनेता अक्षयकुमार संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् । त्यस्तै गायक आदित्यनारायण, अभिनेत्री आलिया भट्ट, अभिनेता कार्तिक आर्यन, निर्देशक सतिश कौशिक, संजय लिला भंसालीलगायतलाई कोरोना संक्रमण भएको छ ।

सोमबार, २३ चैत्र २०७७, १३ : २१

प्रतिक्रिया