काठमाडौं - रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको एस सि फिफायरिङ एस आर एल कम्पनीले ७८ नेपाली पुरुष कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ५८ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
जान चाहने इच्छुक कामदारले एजिस्ट मेनेजमेन्ट एण्ड डेभलोपमेन्ट कम्पनी प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा चैत्र ३० र ३१ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया