काठमाडौं- विश्व धनाढ्य एलन मस्ककी प्रेमिका ग्रिम्सले मंगल ग्रहमा आफ्नो अन्तिम सास फेर्न चाहन्छिन् ।
उनले हालै आफ्नो इन्स्टाग्राममार्फत् यो कुरा लेखेकी छन् । यसअघि भएको एउटा कुराकानीमा ग्रिम्सले आफू पचास वर्षको उमेरमा मंगल ग्रहमा जान चाहेको बताएकी थिइन् । यसमार्फत् रातो ग्रह भनेर चिनिने मंगलमा मानव बस्ती बसाउने कार्यमासमेत मद्दत मिल्ने उनले आशा उनले राखेकी थिइन् । उनले मंगल ग्रहको रातो धुलोमा आफूले प्राण त्याग गर्न चाहेको इन्स्टाग्राममासमेत लेखेकी छन्
ग्रिम्सको बयान यस्तो समयमा आएको छ जुनबेला मस्कले तेस्रो विश्वयुद्ध अघि नै आफूले मंगल ग्रहमा मानव बस्ती बसाउने घोषणा गरेका छन् ।
मंगल ग्रहमा आफ्नो निजी रकेट पठाउने प्रयासमा लागेका मस्कलाई सफलता नजिकै आए पनि अन्त्यमा निराश हुनुपर्यो ।
कम्पनीको स्टारशिप प्रोटोटाइप को SN11 रकेटले सफल उडान गरेपनि अवतरणको समयमा भने दुर्घटनाग्रस्त भएको थियो । यसभन्दा अघि SN10 रकेट अवतरण भएको केही समय पछि दुर्घटनाग्रस्त भएको थियो ।
प्रतिक्रिया