साउदीको एक कम्पनीले माग्यो नेपाली कामदार, के कस्तो छ सेवासुविधा र तलब ?

३ बर्ष अगाडि

काठमाडौं- साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । 

साउदी सहरमा रहेको आलाराबिआ क्नट्रक्सन एण्ड बिल्डिङ  कम्पनीले ट्रक ड्राइभर र जेनेरल वोरक्र गरि २० जना नेपाली कामदारको माग गरेको छ । 

कामदार सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले तलब खान बस्न सहित ३१ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

जान चाहने इच्छुक कामदारले लक्की एच.आर.सोलुसन प्रालिको जावलाखेल,ललितपुर कार्यालयमा चैत्र ३१ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया