फिल्म 'राम सेतु'का  ४५  कलाकारमा कोरोना पुष्टि !

मंगलबार, २४ चैत्र २०७७, १२ : २१

बलिउड अभिनेता अक्षय कुमारमा केही दिन अगाडी कोरोना संक्रमिण पुष्टि भएको थियो । आफु संक्रमित भएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । अक्षयले पुनः हिजो आफु अस्पतालमा भर्ना भएको ट्विट मार्फत जानकारी दिएका छन् ।

अक्षय कुमारलाई मुम्बईको पवई इलाकामा रहेको डा. एल हिरानन्दानी अस्पतालमा भर्ना गरीएको छ । पछिल्लो समयमा फिल्म राम सेतुको शुटिङमा व्यस्त रहेका अक्षयलाई सुटिङकै क्रममा  संक्रमण पुष्टि भएपछि उनी सँग सम्पर्कमा आएका ७५ जनालाई कोरोना जाँच गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै अभिनेता रणवीर कपुर, आमिर खान, अभिनेत्री आलिया भट्ट, गोविन्दा,भूमि पेडनेकर, परेश रावल, विक्की कौशल, कार्तिक आर्यन निर्देशक सञ्जयलिला भंसाली लगायतका कलाकारलाई कोरोना संक्रमण देखिएको छ। 

मंगलबार, २४ चैत्र २०७७, १२ : २१

प्रतिक्रिया