बलिउडको बहुप्रतिक्षित फिल्म सूर्यवंशीको प्रदर्शन मिति पुनः स्थगित भएको छ । अप्रिल ३० बाट प्रदर्शनमा आउने भनिएको सूर्यवंशी दोस्रो लहरको कोरोनाका कारण फेरी स्थगित गरिएको हो ।
फिल्म २०२० मै रिलिज हुने तयारीमा रहेको थियो तर कोरोना महामारीका कारण रिलिज स्थगित भएपछि २०२१ को अप्रिल ३० मा प्रर्दशन गर्ने भनिएको थियो ।
महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्ने निर्णय गरेपछि । निर्देशक रोहित सेठ्ठी फिल्म रिलिज स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्ममा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया