करीना कपुरको  ४१ हजारको मास्क !

३ बर्ष अगाडि

पछिल्लो समय भारतमा कोरोना संक्रमणको दोस्रो  लहर ब्यापक मात्रामा फैलिरहेको छ । भारतमा दैनिक एक लाखको हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् । कोरोनाको चपेटामा बलीउड इन्ड्रस्टिज  पनि अछुत रहन सकेको छैन । आमिर खान, अक्षय कुमार, परेस रावल, रणवीर कपुर लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि चर्चा परिचर्चा भइरहदा  अभिनेत्री करीना कपुर खान पुन एक पटक चर्चामा आएकी छिन् ।

पछिल्लो समय करीनाले इन्टाग्राममा एक पोष्ट सेयर गरेकी छिन् । जहाँ उनले एक कालो मास्क लगाएको फोटो पोष्ट गदै लेखेकी छिन्  ‘यो कुनै प्रचार होइन । कृपया आफ्नो मास्क लगाइराख्नुहोस् ।’ तर यहा चर्चा उनको फोटो,क्यापसनको नभइ मास्कको भएको छ । 

उक्त मास्कमा सेतो रङले एलभी सम्बल पनि लेखिएको छ । यो मास्क सिल्क पाउचका साथ पाइन्छ । यो ब्रान्डको वेबसाइटमा यसको मूल्य ३५५ डलर बताइएको छ । नेपाली मुद्रामा यो मास्कको मूल्य ४१ हजार ४४५ पर्छ ।

उक्त महङ्गो मास्कलाई लिएर धेरैले तारिफ गरेका छन् भने उनका एक फ्यानले लेखेका छन् ‘यो कुनै प्रचार होइन, तर एलभी मास्ककाे  प्रचार हो !''

 

३ बर्ष अगाडि

प्रतिक्रिया