एलिजा र लक्ष्मीले छाडेपछि फिल्म ‘घिन्ताङ’ मा केकी अधिकारी अनुवन्धित

३ बर्ष अगाडि

काठमाडौं- सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै फिल्म ‘घिन्ताङ’ छाडिन् । निर्देशक दीपक श्रेष्ठले नायिका एलिजा गौतमले यो चलचित्र छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए ।

सरस्वती पूजाको दिन शुभसाइत गरिएको चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि हात झिकिन् । लक्ष्मीले अर्को चलचित्र ‘अनन्त’को छायांकन मितिसँग यसको छायांकन मिति जुधेपछि चलचित्र छाडेको बताएकी छिन् ।

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन् । 

दीपकका अनुसार, वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने उनले बताएका छन् । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया