चालु आवमा कति विदेशी कामदार नेपाल आए ?

विहीबार, २६ चैत्र २०७७, १४ : ०१

काठमाडौं – चालु आर्थिक बर्षमा नेपालमा ५८२ जना विदेशी कामदार आएका छन् । श्रम मन्त्रालयको चैत १९ गतेसम्मको प्रगति विवरणले यस्तो देखाएको हो । 
सो अवधीसम्म ५८२ जना विदेशी कामदारले श्रम स्वीकृति लिएको मन्त्रालयको भनाइ छ । नेपालमा काम गर्न आउने श्रम बिभागबाट श्रम स्वीकृति लिनुपर्ने हुन्छ । पछिल्लो एक हप्ता ३८ जना विदेशी कामदारले श्रम स्वीकृति लिएका छन् । 
हाल नेपालमा पाँचतारे होटेल, बैंक, एयरलाइन्स, हाइड्रोपावर क्षेत्रमा विदेशी कामदार कार्यरत छन् । बिशेषगरि नेपालमा निचियाँ कामदारको हिस्सा बढी छ । उनीहरु नेपालको हाइड्रो पावर क्षेत्रमा काम गर्न आउने गर्छन् । 
यस्तै, यस अवधीमा ८५९ जना विदेशी कामदारले आफ्नो श्रम स्वीकृति नविकरण गरेका छन् । 
यस्तै, श्रम बिभागले यो बर्ष बिभिन्न कम्पनीहरुमा कार्यरत विदेशी कामदारले श्रम स्वीकृति लिए÷नलिएको बिषयमा ३८ पटक अनुगभन गरेको छ । 
 

विहीबार, २६ चैत्र २०७७, १४ : ०१

प्रतिक्रिया