काठमाडौं- नेपालमा औद्योगिक क्रियाकलाप व्यापाक मात्राा हुन नसक्दा, कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्दा लगायतका कारण नेपालमा अझै पनि रोजगारीको अभाव छ । त्यसको असरले नेपालीहरुको आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । जसले गर्दा नेपाली युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् ।
वैदेशिक रोजगारीका लागि नेपालबाट वर्षेनि लाखौं युवाहरु बाहिरिने गरेका छन् । तर, गत बर्षदेखि कोरोना कहरका कारण गत बर्षदेखि बैदेशिक रोजगारीमा व्यापाक मात्रामा नेपालीहरु विदेश जान सकेको छैनन् ।
नेपालका अधिकांश परिवार बैदेशिक रोजगारमा नै निर्भर छन् । तर, कोरोनाका कारण नेपाली बैदेशिक रोजगारीमा जान नसक्दा त्यस्ता परिवार प्रभावित भएका छन् ।
कोरोना कहरका नेपालीहरु व्यापाक मात्रामा विदेशीन सकेको छैनन् । सरकारले पनि उनीहरुलाई नेपालमा रोजगारी दिन सकेको छैन । त्यसमाथि कोरोना कारण रोजगारी गुमाएर लगायतका कारण नेपाल फर्किने कामदारको संख्या ह्वात्तै बढेको छ ।
पछिल्लो समय मुख्यत कोरोना कहरका कारण लाखौं युवाहरु विचलित हुन पुगे । उनीहरु यस समय विभिन्न समयको सामना गर्नुपर्यो ।
नेपाल सरकारले आ.ब. ०७७/७८ को चैत १९ गतेसम्म विभिन्न देशबाट साढे ३ लाख भन्दा बढी नेपाली कामदारको उद्धार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा विदेशीएका युवा मध्ये कोरोना भाइरस लागायत अन्य समस्यामा परेका ३ लाख ५२ हजार ४६४ जना कामदारको उद्दार गरिएको छ । यस्तै, चैत ६ गतेदेखि १९ गतेसम्म अर्थात एक सातामा मात्र २९ हजार १४४ जना कामदारको उद्धार भएको हो ।
नेपाली युवाहरु विदेश जाने क्रममा देखिने समस्याहरु अनेक प्रकारका छन् । नेपाली कामदार वैदेशिक रोजगारमा जाने प्रस्थान विन्दुबाटै विभिन्न समस्या पर्ने गरेको पाइन्छ । विदेशमा जाने युवालाई नियमन र नियन्त्रण गर्न नसकिनु, घरेलु कामदारमा जाने महिला हिंसामा पर्नु, विदेशमा नेपाली नेपालीबाटै ठगिनु र वैदेशिक रोजगारका विषयमा त्यससँग सम्बन्धित निकायमा दैनिकजसो पर्ने हजारौंको सङ्ख्याका उजुरीले वैदेशिक रोजगारलाई चुनौतीको विषय बनाएको छ ।
प्रतिक्रिया